मन्त्री गुप्तालाई आजै बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी


काठमाडौं, ३० असार । ७८ लाख घुस डिल गरेको अडिओ प्रकरणले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मन्त्री पद गुम्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौं बाहिर भएको बेलामा आएको अडिओ प्रकरणमा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएका थिएनन् ।

तर, हिजो साँझ काठमाडौं फर्किनेबित्तिकै यसबारेमा आवश्यक जानकारी लिएका छन् । बालुवाटारनिकट उच्चस्रोतका अनुसार प्रधानमन्त्री ओलीले विवादमा तानिएका मन्त्री गुप्तालाई आजै पदबा अलग हुन निर्देशन दिने भएका छन् ।

गुप्ताले राजीनामा नदिए बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । मन्त्री गुप्ताले भने बाहिरिएको त्यो अडिओ आफ्नो नभएको भन्दै कसैले पुष्टि गरे टुँडिखेलमा झुण्डिन तयार रहेको पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा दाबी गरेका छन् ।