काठमाडौं, ३० असार । काठमाडौंको चावहिलमा अवस्थित मनास्लु वल्र्ड कलेजलाई ‘प्रेष्टिजियस प्लस टु अवार्ड –२०८२’ बाट सम्मान गरिएको छ ।
कलेजले ISO 9001:2015 अनुसार प्रमाणित गुणवत्ता, दुई दशक लामो शैक्षिक सेवा, र जीवनोपयोगी शिक्षा प्रदान गर्ने प्रतिबद्धताका लागि यो अवार्ड प्राप्त गरेको हो ।
विद्यार्थी र अभिभावकलाई उनीहरूको रुचि र सम्भावनाअनुसार सही विषय छनोट गर्न गहन परामर्श गराउनु चावहिलमा अवस्थित मनास्लुको कला हो । परम्परागत शिक्षाभन्दा माथि उठेर जीवनोपयोगी सीप र विश्वव्यापी प्रतिस्पर्धामा जोड दिने यस शैक्षिक संस्थाले आकर्षक छात्रवृत्तिको पनि व्यवस्था मिलाएको छ, जसमा शैक्षिक प्रदर्शन, अतिरिक्त क्रियाकलाप र मनास्लु एप्टिट्युड टेस्ट (म्याट) जस्ता परीक्षाहरूलाई आधारित मानिन्छ ।
संस्थाले प्लस टु देखि स्नातक तहसम्म विज्ञान, व्यवस्थापन, मानविकी र कानुन पढाउँछ, र करिब ३,००० विद्यार्थी अध्ययनरत छन् । अत्याधुनिक प्रयोगशाला एसी र प्रोजेक्टर–सुसज्जित कक्षाकक्ष, क्याम्पस होस्टेलजस्ता सुविधाहरू पनि उपलब्ध छन् ।




प्रतिक्रिया