काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल गरेको अडिओ बाहिरिएर विवादमा तानिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन् । प्रधानमन्त्री ओली यो अडिओ प्रकरण आउँदा गृहजिल्ला झापामा थिए । उनी हिजोमात्रै काठमाडौं फर्किएका हुन् ।
काठमाडौं फर्किएको भोलिपल्टै प्रधानमन्त्री ओलीले विवादमा मुछिएका मन्त्री गुप्तालाई आफ्नो निवास बालुवाटार बोलाएर अहिले सोधपुछ गरिरहेका छन् । प्रधानमन्त्री ओलीनिकट उच्च स्रोतकाअनुसार मन्त्री गुप्तालाई राजीनामा दिन निर्देशन दिईएको छ ।
गुप्ताले पदबाट राजीनामा नदिए आजै बर्खास्त गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । मन्त्री गुप्ताले भने मिडियामार्फत उक्त अडिओ आफ्नो नभएको र कुनै घुसको डिल नगरेको स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा गुप्ताले आफूले गल्ती नगरेको भन्दै राजीनामा नदिने दाबी गरेका छन् ।




प्रतिक्रिया