काठमाडौं, २८ असार । विश्व सिन्धु एकता मञ्चको चौथो अन्तर्राष्ट्रिय अधिवेशन नेपालमा हुने भएको छ । मञ्चको अधिवेशन आज (शनिबार) देखि सुरु हुन लागेको हो । काठमाडौंका हायत होटलमा हुने अधिवेशनको उद्घाटन कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयराज चौरासियाले गर्ने बताइएको छ ।
नेपालमा धार्मिक पर्यटनको विकासका लागि अधिवेशन आयोजना गरिएको बताइएको छ । ‘सिन्धु एकता मञ्चले विशेष गरेर नेपालमा धार्मिक पर्यटनको सन्दर्भमा आगमन भएको छ,’–आयोजक राजकुमार सिन्धिले भने ।
अधिवेशनका लागि करिब ४ सय जना नेपालमा आएको र उनीहरुले पशुपतिनाथ, गुहेश्वरी, स्वयम्भुनाथलगायतका मठ मन्दिरहरुको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।




प्रतिक्रिया