काठमाडौं, ३० असार । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र आईजिपी दीपक थापालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रममा सरकारी प्रतिनिधि मण्डलबाहेक अरु पनि गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न गृहमन्त्री लेखकले गृहसचिव दुवाडी र आईजिपी थापालाई निर्देशन दिएका हुन् ।
स्पेनको कार्यक्रममा ठूलो संख्यामा नेपालीहरुको भिसा इस्यु गरिएको र ठगिएको समाचार मिडियामा सार्वजनिक भएका छन् । यो विषय संसद्मा रास्वपाले पनि लगातार उठाईरहेको छ । गृहमन्त्री लेखकले यो विषयमा छानबिनको लागि निर्देशन दिएसँगै आज सिंहदरबारमा गृहसचिव दवाडीले आईजीपी दीपक थापा, सीआईबी प्रमुख चन्द्रकुबेर खापुङ, मानव बेचबिखन ब्युरो प्रमुख कृष्ण पंगेनी र अध्यागमन विभाग प्रमुख गोविन्द रिजाललाई बैठकको लागि बोलाएका छन् । file photo




प्रतिक्रिया