मिनबहादुरलाई दानवीरको संज्ञासहित प्रधानमन्त्री ओलीले दिए धन्यवाद


काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको ईएचएस भवन उद्घाटन गरेका छन् । भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङको सहयोगमा निर्मित सो भवनको उद्घाटन एवं हस्तान्तरण भएको हो । उद्घाटन समारोहलाई सम्बोधधन गर्दै प्रधानमन्त्री ओलीले गुरुङलाई जे माग्यो दानवीरको संज्ञा दिए ।

‘जे माग्यो, त्यही तथास्तु भन्ने दानवीर मिनबहादुर गुरुङजी, सावित्रा गुरुङजी, उहाँहरुलाई फेरि एक पटक हामी सबैको तर्फबाट धेरै–धेरै धन्यवाद भन्न चाहन्छु,’– उनले भने ।

मिनबहादुर गुरुङले नेकपा (एमाले) को केन्द्रीय कार्यालय बनाउन गत असोजमा १० रोपनी १४ आना जग्गा दान लिएका थिए । File Photo/RN