काठमाडौं, ३१ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर पौडेल ‘बैरागी’ ले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नेकपा (माओवादी केन्द्र) र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अन्नदाता रहेको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुलमान अन्नदाता भएकै कारण माओवादीले एक वर्षसम्म उनकै संरक्षणमा बोलेको बताएका हुन् ।
‘बिचौलिया भनेको त कुलमान घिसिङ होइन ? कुलमान घिसिङलाई निकालेपछि उहाँहरु कति लाग्नुभयो ? कुलमान त उहाँहरुको अन्नदाता रहेछन् नि त । प्रचण्डको अन्नदाता भएको हुनाले कुलमानको पक्षमा लाग्नुभयो । यो सरकार बनेदेखि उहाँहरुले आजसम्म कुलमानको मात्रै कुरा गर्नुभएको छ । अरु एजेण्डा भन्नुभएको छ ? महँगीको बारेमा बोल्नुभएको छ ? कामको स्पिडको बारेमा बोल्नुभएको छ ?’ प्रश्न गर्दै उनले भने ।




प्रतिक्रिया