मन्त्री गुप्ताको राजीनामाले मात्रै पुग्दैन, अरुमाथि पनि छानविन हुनुपर्छः शिव नेपाली


काठमाडौं, ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य शिव नेपालीले घुुस काण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको मात्रै राजीनामाले नपुग्ने बताएका छन् । आज (मंगलबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मन्त्री गुप्ताले पोलेका मन्त्रीहरुमाथि समेत छानविन हुनुपर्ने बताएका हुन् । उनले घुस प्रकरणमा दोषीउपर सख्त कारबाहीको माग गरे ।

‘सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताज्यूले आफूमाथि उठेका गम्भीर आरोपहरुको सन्दर्भमा राजीनामा दिनुभएको समाचार आएको छ । तर, यतिलेमात्रै हुँदैन, अरु मन्त्रीहरु पनि पोलिएका छन् । योे गम्भीर विषयमा सत्यतथ्य छानविन होस् र दोषीउपर सख्त कारबाही होस्,’– उनले भने ।

साथै, अध्यागमनमार्फत भइरहेको भिजिट भिसा प्रकरणमा आफूहरुले विरोध सुरु गरेको ४९औं दिन हुँदा पनि सरकार संवादको लागि तयार हुनुपर्ने बताए । उनले गृहमन्त्री रमेश लेखकलाई पदको लोभ लागेको टिप्पणी गरे । ‘अध्यागमनमार्फत मानव तस्करीको आरोपमा प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीज्यूको नैतिकता कहिले जाग्ने हो ? त्यो पदको लोभ किन हो ? छानविन समिति कहिले बन्ने हो ? आज ४९ दिनभयो हामी मानव तस्करी र भिजिट भिसाको नाममा भइरहेको नागरिक शोषणविरुद्ध निरन्तर आवाज उठाइरहेका छौं,’– उनले भने । File Photo/RN