काठमाडौं, ३१ असार । साताको तेस्रो दिन शेयर बजारका सबै सूचकहरु बढेका छन् । आज (मंगलबार) नेप्से परिसूचक ३४.४६ बढेर नेप्से परिसूचक २७६० अंकमा रोकिएको छ ।
साथै, कारोबार रकममा पनि बृद्धि भएको छ । आज ९ अर्ब ४१ करोडको कारोबार भएको छ । कारोबारमा रहेका २०९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ कम्पनीको मूल्य घटेको छ ।
आज धेरै कारोबार भएका कम्पनीमा बुटवल पावर, निफ्रा हरित ऊर्जा ऋणपत्र, राधि विद्युत्, एनआईसी एसिया बैंक र एनआरएन इन्फ्रास्ट्रक्चरलगायत रहेका छन् ।




प्रतिक्रिया