कुलिङ पिरियड छेडखानीबारे छानबिन समितिले समिति सभापति खतिवडासँग गर्यो सोधपुछ


काठमाडौं, ३२ असार । संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको दुई वर्षको कुलिङ पिरियडका सम्बन्धमा भएको छेडखानीबारे छानबिन समितिले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग सोधपुछ गरेको छ ।

अहिले सोधपुछ जारी छ । सभापति खतिवडाको मोवाईल यो समाचार तयार पार्दासम्म स्विच–अफ छ । कुलिङ पिरियड छेडखानीसम्बन्धी छानबिन गर्न सरकारले ७ सदस्यीय समिति गठन गरेको छ ।समितिको सभापतिमा कांग्रेसका सांसद जीवन परियार तोकिएका छन् ।

समितिका सदस्यहरुले यतिवेला सिंहदरबारस्थित् राज्यव्यवस्था समितिको हलमा सभापति खतिवडासँग आवश्यक सोधपुछ गरिरहेका छन् । खतिवडाले भने यो प्रकरणमा आफ्नै कुनै सलग्नता नभएको दाबी गर्दै आएका छन् । यसमा आफ्नो गल्ती तथा कमजोर पाईए जस्तोसुकै कारबाही भोग्नपनि तयार रहेको उनको भनाई थियो।