अर्थ समितिका सदस्यहरू क्लोज-क्याम्पमा गोकर्ण फरेष्ट रिसोर्टमा, विज्ञहरुसँग अध्ययन गर्दै


काठमाडौं, ३२ असार । प्रतिधिसभाअन्तर्गतको अर्थ समितिका सदस्यहरु यतिवेला क्लोज–क्याम्पमा छन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन–२०७३ लाई संशोधन गर्न बनेको विद्येयक दफावार छलफलमा प्रवेश गर्नुअघि अर्थ समितिका सभापति सन्तोष चालिसेको नेतृत्वमा समितिका सदस्यहरु यतिवेला काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा गएका हुन् ।

समितिका सदस्य तथा एमाले सांसद सूर्य थापाले दिएको जानकारीअनुसार उनीहरु अर्थ समितिको आफ्नै व्यवस्थापनमा यतिवेला विज्ञहरुसँग घनीभूत अध्ययन तथा विश्लेषणमा रहेका छन् ।