बाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर घटाएसँगै शेयर बजारमा देखिएको उत्साह


काठमाडौं, ३२ असार । साताको कारोबारको चौथो दिन शेयर बजारको परिसूचक नेप्से ३४.६१ अंकले बढेको छ । नेप्से परिसूचक २७९४ अंकमा पुगेको छ । आजको कारोबार रकम १४ अर्ब ३ करोड रहेको छ । बाणिज्य बैंकहरुले साउन महिनाको लागि निक्षेपमा व्याजदर घटाएपछि शेयर बजारमा उत्साह देखिएको हो ।

आज कारोबार भएका कम्पनीमध्ये २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ७५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । त्यस्तै, ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज व्यापारबाहेक सबै समूहको सूचक बढेको छ । बैंकिङ सेक्टरमा १.५९ प्रतिशत बृद्धि भएको छ । होटल एण्ड टुरिजममा ०.५९ प्रतिशत, विकास बैंकतर्फ ३.८६ प्रतिशत, हाइड्रो पावर १.२८ प्रतिशत, फाइनन्स ०.७५ प्रतिशत, माइक्रो फाइनन्स १.८५ प्रतिशत, निर्जीवन विमा कम्पनी १.८५ प्रतिशत, जीवन विमा कम्पनीे ०.६६ प्रतिशत, उत्पादन क्षेत्रमा १.३९ प्रतिशतले बृद्धि भएको छ ।

त्यसैगरी विविधतर्फ ०.३३ प्रतिशत, म्युचल फन्डतर्फ १.८५ प्रतिशत र लगानीतर्फ ०.५२ प्रतिशतले बृद्धि भएको छ भने व्यापार सूचक भने ०.१८ प्रतिशतले घटेको छ ।