काठमाडौं, ३२ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज (बुधबारए बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको जसजा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
‘कार्यकारिणी समितिको बैठकले पहिला नै सरकारलाई दिएको समर्थन पुनर्विचार गर्न निर्देशन दिएको थियो । आज बसेको संसदीय दलको बैठकले सरकारलाई दिइएको समर्थन फिर्ताको निर्णय गरेको छ,’– प्रचार विभाग प्रमुख बस्नेतले रिपोर्टर्स नेपालसँग भने ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष जसपा नेपालको रहेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले एक वर्षसम्म सरकारलाई दिएको समर्थन बेकार भएको र संविधान संशोधनको एजेण्डा अलपत्र परेको बताउँदै आएका छन् ।




प्रतिक्रिया