काठमाडौं, १ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बिचौलियाहरुले पैसाको बिटो मन्त्रीहरुको घरमा लगेर छाड्ने गरेको बताएका छन् ।
‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुब्यो । विचौलियाले पैसाको बिटो मन्त्रीहरुको घरमा लगेर छाड्दोरहेछ । पैसैपैसा, भ्रष्टाचार नै भ्रष्टाचार, विधिको शासनको कुरै छाड्नुस् । संविधान संशोधन, आर्थिक उकासको कुनै चिन्ता सरकारलाई परेन,’– उनले भने ।
साथै, प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आफूहरुले कुनै बार्गेनिङ नगरेको उनले बताए । प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेट्न बोलाएपछि पार्टी अध्यक्ष उपेन्द्र यादव भेट्न गएको उनले बताए । ‘अस्ती सोमबार सम्मानीय प्रधानमन्त्रीजी र पूर्वप्रधानमन्त्रीले भेट्न खोजेपछि हाम्रो अध्यक्ष भेट्नलाई जानुभएको हो । त्यो भेटमा पनि हामीले उठाएको कुरा त्यही थियो । मधेशमा जबरजस्ती संसद् चलाएर बजेट पारित गरियो । ३ सय पेजको बजेटको रेड बुक नै गायब गरियो,’– उनले भने ।
साथै, उनले सरकारलाई समर्थन गरिरहनुपर्ने कुनै कारण नदेखिएको बताए ।




प्रतिक्रिया