काठमाडौं, १ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मन्त्रालयले अािर्थक वर्ष २०८१÷०८२ मा छ वर्ष यताकै सबैभन्दा धेरै पुँजीगत खर्च गरेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गत आर्थिक वर्षमा छ वर्ष यताकै सबैभन्दा धेरै ७६.४१ प्रतिशत पुँजीगत खर्च भएको बताएका हुन् । पर्फरमेन्सको हिसाबले भौतिक पूर्वाधार मन्त्रालय अब्बल रहेको नउको दाबी छ ।
‘म जुन मन्त्रालय सम्हालेर आइरहेको छु । एक वर्ष पूरा पनि भइसकेको छ । यो मन्त्रालयको भन्नुहुन्छ भने अहिले ६ वर्षको सबैभन्दा बढी पुँजीगत खर्च भयो । ७६.४१ प्रतिशत । धमाधम सबैतिर कामहरु भएका छन् । बाटाहरु चिल्ला हुँदैछन् । पर्फमेन्सको हिसाबले हेर्नुहुन्छ भने हाम्रो मन्त्रालय अब्बल रुपमा अगाडि बढेको छ,’– उनले भने ।
साथै, फरक प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएर अदालतको अवहेलना गरिरहेको बताएका छन् । ‘हस्ताक्षर अभियान त बेठीक हो नि । यस्तो हस्ताक्षर, मान्छे जेलमा छ, अब उसलाई त सफाइ दिनेतिर पो लाग्नुपर्यो त । गलत गरेको छैन भन्ने पुष्टि हुनुपर्यो, प्रमाण जुटाउनुपर्यो । अदालतले प्रमाण खोजिराखेको छ, उनीहरुले होइन भनेर प्रमाण पो जुटाउनुपर्यो त । हस्ताक्षर अभियान सञ्चालन गर्ने हो र ? यो त अदालतकै अवहेलना हो नि त’– उनले भने ।




प्रतिक्रिया