घुस डील गरेको अडियो बाहिरिएपछि अधिकारीको मन्त्री पद धरापमा


काठमाडौं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ३२ लाख घुस लिएको अडिओ सार्वजनिक भएको छ । सार्वजनिक भएको अडिओमा मन्त्री अधिकारीसहित उनका छोरा मनोज, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल लगायतको नाम सुन्न सकिन्छ । सो अडियोमा मन्त्री अधिकारीले जग्गा मिलाउन छोरामार्फत ३२ लाख घुस लिउको सुन्न सकिन्छ ।

केही दिनअघि ७८ लाख घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका थिए । मन्त्री गुप्ता मुछिएको घुस प्रकरणको अडिओमा समेत मन्त्री अधिकारीको नाम उल्लेख थियो । योसँगै अधिकारीको मन्त्री पद पनि धरापमा परेको छ । गुप्ता र अधिकारी दुवै एमालेका नेता हुन् ।