शेयर बजारमा उछाल, कारोबार रकम १६ अर्ब बढी


काठमाडौं, १ साउन । साताको कारोबारको पाँचौं दिन शेयर बजारमा उत्साह देखिएको छ । आज नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा रोकिएको छ । आज २७३ कम्पनीको शेयरमूल्य बढेको छ भने ३७ वटाको कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

आज सबै समूहको सूचक बढेको छ । बैंकिङ सेक्टरमा १.७६ प्रतिशत, व्यापार १.७६ प्रतिशत, होटल एण्ड टुरिजममा २.६ प्रतिशत, विकास बैंकतर्फ १.९५ प्रतिशत, हाइड्रो पावर ३.०४ प्रतिशत, फाइनन्स २.८ प्रतिशत, माइक्रो फाइनन्स २.५ प्रतिशत, निर्जीवन विमा कम्पनी २.१८ प्रतिशत, जीवन विमा कम्पनी ३.१४ प्रतिशत, उत्पादन क्षेत्रमा २.९४ प्रतिशतले बृद्धि भएको छ ।

त्यसैगरी विविधतर्फ ५.९ प्रतिशत, म्युचल फन्डतर्फ ०.०४ प्रतिशत र लगानीतर्फ ३.१७ प्रतिशतले बृद्धि भएको छ।