काठमाडौं, १ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस डिल गरिएको भनेर बाहिरिएको अडियो आफ्नो नभएको भन्दै चरित्रहत्या गरिएको बताएका छन् । उनले उक्त अडियोमा आफ्नो संलग्नता देखिए जस्तोसुकै कारबाही भोग्नपनि तयार रहेको बताए ।
आज (बिहीबार) मन्त्रालयमा आयोजित एक वर्षे कार्यकालको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन । मन्त्री अधिकारीले अडियोबारे भने,‘अहिलेसम्म यो अडियोमा आएका बोल्ने भाषा, व्यक्त गर्ने व्यक्तिहरू हामीसँग सम्बन्धित छैनन् । मेरो शब्द छ कि छैन, मैले कुनै कुरा गरेको छ कि छैन भन्ने कुरा अडियोबाट स्पष्ट हुनुहुन्छ ।’
उनले आफ्नाबारेमा कसैले नियोजित हल्ला चलाएको दाबी गरे । उनले थपे,‘यहाँहरूले अडियो सुन्नुभएको छ । मेरो आवाज, मैले त्यहाँ मागेको कुरा, मैले यो गर्दिन्छु भन्ने तपाईंहरूले फेला पार्नुभयो भने जस्तोसुकै सजाय पनि भोग्न तयार छु ।’
उनले आफूले कुनै गलत काम नगरेको भन्दै राजीनामा नदिने स्पष्ट पारे । यद्धपी उनले तत्कालै मन्त्रिपरिषद् पूनर्गठन हुन लागेकोले त्यस पूनर्गठनमा आफू मन्त्रीमा नरहनसक्ने बताए । उनले भने,‘मन्त्रिपरिषद् पूनर्गठन हुँदैछ, त्यसो हुँदा मन्त्री नरहन सक्छु, तर अहिले राजीनामा दिन्नँ ।’ file photo




प्रतिक्रिया