काठमाडौं, २ साउन । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरुले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्यालय भिजिट गर्ने भएका छन् । राप्रपाले भ्रष्टाचारका सबै फाइल खोलिनुपर्ने भन्दै अख्तियारका पदाधिकारीहरुको ध्यानाकार्षण गराउने भएको हो । पार्टी कार्यालयबाट नेता तथा कार्यकर्ताहरु र्यालीसहित टंगाल पुग्ने भनिएको छ । लिङ्देनले राप्रपाले अब देशव्यापी रुपमा भ्रष्टाचारविरुद्ध अभियान चलाउने घोषणा गरिसकेका छन् । पछिल्लो समय अख्तियारले भ्रष्टाचार नियन्त्रणको लागि गम्भीर कदम चालिरहेको छ । अख्तियारको सक्रियतालाई जनस्तरबाट प्रशंसासमेत प्राप्त भएको छ । कतिपयले भने अख्तियारले प्रतिशोध साँधेको पनि भनेका छन् । माधव नेपालकै सवालमा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता पँक्तिले नेतृत्वमाथि राजनीतिक दबाबमा मुद्दा चलाईएको भनेर अख्तियार नेतृत्वको आलोचना गरिरहेका छन् ।




प्रतिक्रिया