काठमाडौं, २ साउन । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीमा विधि निर्माणको अन्यौल अन्त्य भएको दाबी गरेका छन् । उनले अब मिसन ८४ को लागि आवश्यक बलियो नेतृत्व र एकताबद्ध पार्टीको सुनिश्चित् भएको दाबीसमेत गरेका छन् ।
पार्टीको सचिवालय बैठकले ७० वर्षे उमेरहद र दुई कार्यकालभन्दा बढि नेतृत्वको प्रावधान हटाएपछि महासचिव पोखरेलले यस्तो टिप्पणी आएको हो । पछिल्लो समय एमालेमा अध्यक्ष केपी शर्मा ओली र एमालेको सक्रिय राजनीतिमा पूनः फर्किएकी विद्यादेवी भण्डारीबीच ध्रुवीकरण चलेको छ । यस्तोमा महासचिव पोखरेलले अध्यक्ष ओली पक्षको अगुवाई गरेका छन् । उता, भण्डारी पक्षको अगुवाई भने वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गरेका छन् । file photo




प्रतिक्रिया