शेखर कोइरालाको सक्रियता बढ्दो, प्रचण्डपछि आज पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ता


काठमाडौं, २ साउन । नेपाली कांग्रेसका शीर्ष नेता तथा सांसद डा. शेखर कोइरालाले सक्रियता बढाएका छन् । हिजो नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार पुगेर दुई घण्टा लामो भेटवार्ता गरेका शेखरले आज (शुक्रबार) विहानै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

भण्डारीलाई भेट्न शेखर उनको निवास बुढानिलकण्ठ नगरपालिका भंगालमा पुगेका थिए । उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताईन्छ । प्रचण्डसँगको भेटमा भने शेखरले सरकार ठीक ढंगले नचलेको र जनताको आक्रोश चुलिँदो रहेको बताएका थिए । मन्त्रीहरु घुस डिल र भ्रष्टाचारमा डुबेको, सुशासनको प्रत्याभूति दिलाउन नसकेको र अर्थतन्त्रको अवस्थामा पनि चिन्ताजनक रहेको शेखरको भनाई थियो ।