विद्यान संशोधन (मस्यौदा) माथि गम्भीरताका साथ छलफल गर्न इश्वर पोखरेलको अपिल


काठमाडौं, २ साउन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीको विद्यान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विद्यानको संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएको र अब पोलिटब्यूरोमा पनि छलफल हुने हुँदा सबैले गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुनुपर्ने भनेका छन् । उनले केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा नेताहरुले योगदान पुर्याउनेपनि विश्वास व्यक्त गरेका छन् ।

पोखरेलले फेशबुकमा लेखेका छन्–

पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !