काठमाडौैं, २ साउन । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा विलय हुने भएको छ । आज (शुक्रबार) औपचारिक रुपमा नेकपा एकता राष्ट्रिय अभियान र एकीकृत समाजवादीले पार्टी एकता गर्न लागेका हुन् ।
यसअघि पार्टी एकताको सहमति गरेर पनि बिच्किएका नेता गौतम यस पटक भने आफ्नी श्रीमती कुमारी तुलसी थापासहित ७१ जनालाई लिएर एकीकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गर्दैछन् । दुई दलबीचको एकताको लागि आज राष्ट्रिय सभा गृहमा २ बजे कार्यक्रम राखिएको छ । गौतमकी श्रीमती थापा अहिले अभियानको कोषाध्यक्ष छिन् । File Photo/RN




प्रतिक्रिया