काठमाडौं, २ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले विद्या भण्डारीलाई पार्टीको विधान महाधिवेशनका सहभागी हुन नपाउनेगरी लगाइएको रोकप्रति असन्तुष्टि जनाएका छन् । हिजो (बिहीबार) बसेको एमाले सचिवालय बैठकले १० औं महाधिवेशनका प्रतिनिधिहरुमात्रै विधान महाधिवेशनमा सहभागी हुन पाउने निर्णय गरेको छ । यसो हुँदा भण्डारीले विधान महाधिवेशनमा भाग लिन पाउँदिनन् ।
‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालनसम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ एमालेको सचिवालयको बैठकमा । कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौं,’– असन्तुष्टि जनाउँदै नेता थापाले भनेका छन् ।
साथै उनले आदेशबाट नभएर विधिबाट पार्टी सञ्चालन गर्न र अन्तर संघर्षलाई सघन बनाउन आग्रह गरेका छन् । नेता थापाले मर्यादा र सिष्टताका सिमालाई सबैले पालना गर्न आग्रह गरेका छन् ।




प्रतिक्रिया