प्रधानमन्त्री ओली नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलनमा सहभागी (फोटोफिचर)


काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलनमा सहभागी भएका छन् । नेपाल र चीनबीच कुटनीतिक सम्बन्ध स्थापित भएको ७० वर्ष पूरा भएको अवसरमा फिनिक्स इन्सिपरेशनले आज आयोजना गरेको नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।

सो क्रममा उनले दुई देशबीचको सम्बन्धको चर्चा गरेका थिए । उनले दुई देशबीचको सम्बन्धको प्रकाश पार्दै यो मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका थिए । उनले चीनसँगको सम्बन्ध प्रगाढ बनाउने विषयमा नेपाल सरकार पूर्ण प्रतिबद्ध रहेको र आगामी दिनमा कुनै कसर बाँकी नराख्ने स्पष्ट पारेका हुन् । तस्विर : प्रम ओलीको सचिवालय/फेशबुक