राजविराज (सप्तरी), २ साउन । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आज जिल्ला प्रशासन कार्यालय सप्तरीमा टोकन प्रणालीमार्फत सेवा लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय राजविराजबाट उनले नागरिकताको प्रतिलिपि लिएका हुन् । नागरिकताको प्रतिलिपि लिएपछि आजै आमजनता जस्तै लाइनमा बसेर राष्ट्रिय परिचयपत्रसमेत लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । उनले भने, “आमजनताले दैनिक रुपमा यहाँका जिप्रकामा टोकन प्रणाली प्रयोग गरेर लिँदै आएको सेवा जस्तै मुख्यमन्त्रीले पनि आफ्नो सेवा लिनुभएको छ ।”
जिल्ला प्रशासन कार्यालयको सेवाबारे जानकारी लिँदै मुख्यमन्त्रीले आम जनतालाई सहुलियत हुनेगरी सेवा दिन प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग छलफलसमेत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट दैनिक रुपमा दिने सेवा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत अन्य कामकाजहरु चुस्त रिकाले दिन निर्देशनसमेत दिए । रासस/file photo




प्रतिक्रिया