काठमाडौं, २ साउन । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले कठोर शब्द, धम्कीपूर्ण सन्देशहरु, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासहरुले गर्दा गम्भीर मानसिक पीडाबाट गुज्रिरहेको बताएका छन् ।
आज एक वक्तव्य जारी गर्दै अहिले आफ्नो विरुद्धमा भइरहेको अनावश्यक टिकटक भिडिओहरु र भ्रामक गतिविधिहरुले आफ्नो व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुगेको बताएका छन् ।
उनले व्यक्तिगत मानहानि तथा व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अष्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाएकोपनि जानकारी गराएका छन् । उनले कानून सबैका लागि समान हुने र न्यायको सही मार्गपनि त्यही हो भनेका छन् ।
यस्तो छ सापकोटाको प्रेस वक्तव्य





प्रतिक्रिया