काठमाडौं, २ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघमा २५ वटा मन्त्रालय आवश्यक नरहेको बताएका छन् । आज (शुक्रबार) आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघमा ७/८ वटा मन्त्रालय भए पुग्ने बताएका हुन् । संघीयतामा देश गइसकेको अवस्थामा सबै अधिकार माथि राखेर नहुने उनले बताए ।
‘सुरुवात कहाँबाट गर्नुपर्छ ? संघका यत्रो २५ वटा मन्त्रालय राख्न पर्दैन । संघमा जम्मा सात÷आठ वटा मन्त्रालय भए पुग्छ । संघीयतामा देश गइसक्यो । सबै अधिकार हामीले माथि राखिराखेका छौं,’– उनले भने ।
साथै, संविधान संशोधनमा कांग्रेसको पोजिसन एकदम प्रष्ट हुन आवश्यक रहेको उनले बताए । कुनै पनि कुरालाई कम्परमाइज गर्ने कांग्रेसको पोजिसन नहुने उनको भनाइ छ । संविधान संशोधनका लागि पार्टीभित्रै कार्यदल बन्ने र त्यो कार्यदलले एमालेसँग छलफल गरेर साझा धारणा बनाउने उनले बताए । त्यसपछिमात्रै माओवादीलगायत अन्य दलहरुसँग छलफल गरेर संविधान संशोधन अगाडि बढ्ने उनले बताए ।
‘हामी नेपाली कांग्रेस पार्टीभित्रै एउटा कार्यदल बनाउँछौं । त्यो कार्यदलले पार्टीभित्र पनि सघन छलफल गर्छ । पार्टीको मत बनाउँछ । त्यो पार्टीको मत बनाइसकेपछि कार्यदलले नेकपा (एमाले) सँग मिलेर, सात बुँदामा व्यक्त भएको ढंगले अर्को कार्यदल बन्छ । त्यहाँ गएर कांग्रेसको दृष्टिकोण राख्छौं । कांग्रेस र एमालेको साझा दृष्टिकोण बनेपछि हामी माओवादीसँग संवाद गर्छौं । अरु पार्टीहरुसँग संवाद गर्छौं । देशलाई हामी संविधान संशोधनको बाटोतिर लिएर जान्छौं,’– उनले भने ।
साथै, उनले संघीयताको ८÷१० वर्षको अभ्यासले यो तरिकाबाट नचल्ने प्रष्ट भएको उनले बताए । उनले भने, ‘यस्तै तरिकाबाट संघीयता चलाउने होइन । हामीले जसरी यसपालि हेर्यौं नि त, प्रदेशको बजेट हामीले हेर्यौं । हाम्रा प्रदेशको सरकार चलेको हेर्यौं । प्रदेशको सरकार मात्रै होइन । संघको सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको, यो सबै कुराहरुमा संघीयताको बारेमा निर्मम भएर समीक्षा गर्ने, संघीयता चलाउनका लागि केही कुराहरु संघले सबैभन्दा बढी छोड्नुपर्ने हुन्छ ।’




प्रतिक्रिया