काठमाडौं, ३ साउन । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्णबहादुर थापाले विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले केन्द्रीय कार्यालयबाट भण्डारीको पार्टी सदस्यता नवीकरण भइसकेको बताएका हुन् ।
‘सदस्यता नवीकरण गर्नुभएको छैन चाहिँ भन्नुभएको छैन । उहाँको सदस्यता नवीकरण भएको छ । केन्द्रीय कार्यालयबाट भएको छ । यो निर्विवादित कुरा हो,’–उनले भने ।
साथै, उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीलाई राजनीतिमा आउनबाट रोक्न खोजेको भन्ने कुरा गलत रहेको बताए । पार्टी अध्यक्ष ओलीले यसबारेमा छलफल गरेर उपयुक्त निष्कर्ष निकाल्छौं भनेको उनले बताए ।
‘उहाँले रोक्न नै चाहनुभएको छैन । उहाँले भन्नुभएको के छ भने हामी त्यसबारेमा राम्ररी छलफल गरेर, बहस गरेर हामी उपयुक्त निष्कर्ष निकाल्छौं भन्नुभएको छ,’ उनले भने ।




प्रतिक्रिया