न्याय र सत्यको लडाईं जारी छ, षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु : कर्ण थापा


काठमाडौं, ३ साउन । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य कर्णबहादुर थापाले न्याय र सत्यको लडाईं जारी रहेको र जारी रहने बताएका छन् । पार्टीको पोलिटब्यूरो बैठकमा सहभागी हुने क्रममा उनले फेशबुकमार्फत यस्तो धारणा राखेका हुन् ।

उनल सत्य र न्यायको पक्षमा लडिरहने आफ्नो रोजाइ भएको उल्लेख गर्दै भनेका छ्न,‘म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ । षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु । सहि कुरा नबुझी , समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ ।’

उनले फेशबुकमा लेखेका छन्-

न्याय र सत्यको लडाइँ जारीछ । जारी रहनेछ । बामदेब, सिपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधव जोगाउन लडियो । माधवले पार्टी शक्तिको दुरूपयोग गरि केपी, शंकर, प्रदीप, गुरु बराल, देबराज धिमिरेहरूलाई किनाराकृत र अपमान गर्दा माधवको विपक्षमा लडियो । कमरेड केपीलाई अध्यक्ष बनाउन सुन्यबाटै सुरू गरियो । सफलताको शिखरसम्म पर्याउन धेरैको योगदान रह्यो, म अविचलित साथमा रहे । म कमरेड केपीको साताै, आठौं र संसदिय दलको नेताहुने निर्वाचन प्रतिनिधि रहे ।

राजा बिरेन्द्र जीवितै हुदा म बिरेन्द्र भन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तरवार्ता प्रकासन भएपछि राजाहुन पाउने रबिन्द्रको हक खोसिनु हुन्नथ्यो भनेर जनआस्था साप्ताहिकमा लेख नै लेखियो । त्यो लेख दरबारको नोटिसमा पर्यो । २०१५ सालको एसएलसी टपर प्रकाश चन्द लोहनी होईनन, प्रकाश चन्द्र जोशी भन्ने तथ्यमा म उभिएको हो । प्रधानन्यायाधीश बिश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा उनको विरूद्वमा पनि लेखियो, मानहानीको मुद्दा भने खेपनु परेन । यी केही दृष्टान्त मात्रै हुन । यस समयसम्म आई पुग्दा अनेकौं भोगाइहरू छन । सत्य र न्यायको पक्षमा लडिरहने मेरो रोजाइ हो । म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ । षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु । सहि कुरा नबुझी , समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ ।

Related Video: