काठमाडौं, ४ असार । नेपाली कांग्रेस र नेकपा (एमाले) मधेश प्रदेश सरकारबाट बाहिरिने भएका छन् । जनमत पार्टीबाट मुख्यमन्त्री बनेका सतिशकुमार सिंहले एक वर्ष भइसक्दा पनि सत्ता छाड्न आनाकानी गरेको भन्दै कांग्रेस–एमाले सरकारबाट बाहिरिन लागेका हुन् ।
कूल १०७ सदस्यी प्रदेश सभामा अहिले चौथो ठूलो दल जनमतले सरकारको नेतृत्व गरिराखेका छ । मधेशमा सबैभन्दा ठूलो दल नेकपा (एमाले) रहेको छ । मधेश प्रदेश सभामा एमालेको २५ सिट रहेको छ । त्यस्तै, नेपाली कांग्रेसको २२ सिट, जनता समाजवादी पार्टी नेपालका १९ सिट, जनमत पार्टीको १३ सिट रहेको छ ।
त्यसैगरी माओवादी केन्द्रको ९ सिट, लोसपाको ९ सिट एकीकृत समाजवादीको ७ सिट, राप्रपा, नाउपा र नेपाल संघीय समाजवादी पार्टीको १÷१ सिट रहेको छ । मधेशमा सरकार बनाउनका लागि न्यूनतम् ५४ सांसद्को समर्थन आवश्यक छ । यद्यपि, सत्तारुढ दल कांग्रेस–एमाले मिल्दामात्रै उक्त संख्या पुग्दैन ।




प्रतिक्रिया