शेखर याक एण्ड यतिमा आफूनिकट सांसदहरुसँग छलफलमा, गगन थापा श्रीमतीसँग मार्कोपोलोमा लञ्च गर्दै


काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आफूनिकट सांसदहरुसँग छलफलमा जुटेका छन् । यतिवेला शेखर पक्षधर सांसदहरु दरबारमार्गमा रहेको याक एण्ड यति होटेलमा भेला भएका छन् । शेखर पक्षधर सांसदहरुको भेलामा २० जना सांसद पुगेको बताईन्छ । यद्धपी यो संख्या यति नै हो भनेर अहिले यकिन भएको छैन् ।

तर, शेखर पक्षधर सांसदहरुको भेलामा महामन्त्री गगनकुमार थापा उपस्थित् छैनन् । गगन भने यतिवेला कमलादीमा रहेको मार्कोपोलो होटलमा लञ्च मिटिङमा छन् । आज गगन र उनकी श्रीमती डा. अञ्जना केसीको जन्मदिन हो । दुवैजनाको एकैदिन जन्मदिन भएकोले यो जोडी लञ्चको लागि मार्कोपोलो होटेलमा छ ।

शेखर र गगनबीच सम्बन्ध त्यति सुमधुर छैन । आजको छलफलमा समेत गगनलाई शेखरले बोलाएका छैनन् । ०७९ को निर्वाचनलगत्तै दलको नेतामा सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री थापाले प्रतिष्पर्धा गरेका थिए । तर, थापा देउवासँग पराजित भएका थिए । थापाको पक्षमा जम्मा २५ जना सांसद खुलेका थिए ।

तर, शेखरले देउवाविरुद्ध सक्रियता बढाएका छन् । उनले दलको नेता नै परिवर्तन गर्न सक्छन् त ? भन्ने बहसपनि सुरु भएको छ । शेखरले पछिल्लो समय प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । शेखरले अहिलेको सरकारको विकल्प खोज्नेगरि सक्रियता बढाएको चर्चा छ । यही सन्दर्भमा आज आफू पक्षधर सांसदहरुको भेला बोलाएको बुझिएको छ ।