काठमाडौं, ५ साउन । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक अहिले केहीबेरमा सुरु हुँदैछ । विहान ११ बजेबाट सुरु हुने बैठकमा प्रत्येक केन्द्रीय सदस्यहरुलाई बोल्नको लागि जम्मा ३ मिनेटको समय तोकिएको छ । पार्टीको विद्यानको विषयमा एमालेले सबै कमिटीमा छलफल चलाएको छ ।
सचिवालय र पोलिटब्यूरो बैठकबाट ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान हटाईएको छ । अब यो विषय केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ । पार्टी मुख्यालय च्यासलमा सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा समेत प्रकाश पार्ने भनिएको छ ।
एमालेमा अहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषय विवादको केन्द्रमा छ । भण्डारीले हिजोमात्रै अध्यक्ष ओलीसँग २ घण्टा लामो सम्वाद गरिन् । file photo




प्रतिक्रिया