बलात्कार आरोपमा राजेश अहिराज पक्राउ


काठमाडौं, ५ साउन । मधेसका पूर्व प्रदेश प्रमुख राजेश अहिराज पक्राउ परेका छन्। एक युवतीमाथि बलात्कार गरेको आरोपमा अहिराजलाई प्रहरीले हिजो (आइतबार) पक्राउ गरेको हो ।

उनलाई आइतबार नै जिल्ला अदालत काठमाडौंमा पेस गरी म्याद समेत थप भइसकेको छ। अहिराजमाथि अनुसन्धान गर्न अदालतले पाँच दिनको अनुमति दिएको छ। धेरैअघि नै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी पक्राउ पुर्जी जारी भएलगत्तै फरार थिए । file photo