काठमाडौं, ५ साउन । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ एसएसपीमा ११ जना, एसपीमा ११ र डीएसपीमा १३ जनालाई बढुवा सिफारिस गरेको छ । प्रहरी हेडक्वार्टरको बढुवा समिति सचिवालयको आज (सोमबार) बसेको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव एआईजी दानबहादुर कार्कीका अनुसार एसएसपीमा बढुवा हुनेमा तुलाबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल रहेका छन् ।





प्रतिक्रिया