काठमाडौं, ५ साउन । राजनीतिक विश्लेषक डा.अरूण सुवेदीले नेपाल–भारतबीचको सीमा समस्या सुस्ता र कालापानी दोभानमा मात्रै रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कालापानी र सुस्ताभन्दा अरु ठाउँमा सीमा विवाद नरहेको बताएका हुन् । उनले नेपालले चुच्चे नक्सा जारी गरेर लिम्पियाधुरामा आफैंले नयाँ सीमा विवाद सुरु गरेको बताए ।
‘सरहदको समस्या सुस्ता र कालापानी दोभानमाथि मात्रै छ भनेर हामीले त्यतिखेर भनेको हो । अहिले आएर हामीले संविधानमा नै नयाँ नक्सा जारी गरेर लिम्पियाधुरासम्म चुच्चे नक्सा जारी भएको अवस्थामा नयाँ विवाद हाम्रोतर्फबाट पनि आएको छ । अब यसलाई कसरी समाधान गर्ने यतिमात्रै हो विवाद । अरु विवाद कहीँ पनि छैन । यहाँ काठमाडौंका झिल्केले बुरुक–बुरुक उफ्रेर जीपीएस जोडिएका पिल्लरहरु सर्छन् भनेर हुन्छ ?’ प्रश्न गर्दै उनले भने ।
नेपालका नेताहरुको राष्ट्रवाद उत्तरकोरिया र इरानको गुनगान गाउनु, चीनप्रति नतमस्तक हुनु, भारत र अमेरिकालाई गाली गर्नु रहेको उनले बताए ।




प्रतिक्रिया