प्रधानमन्त्री ओलीले यसरी सम्झिए बिपीलाई


काठमाडौं, ६ साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छ्न ।

प्रधानमन्त्री ओलीले नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा कोइरालाले भूमिका खेलेको भनेर पनि आज स्मरण गरेका छ्न । उनले फेशबुकमा लेखेका छन्–

नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। नेपाली जनताको स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनको अगुवाइमा उहाँको भूमिकाको स्मरण गर्दछु । आदरणीय बीपी कोइरालाप्रति उच्च सम्मान ! file photo