काठमाडौं, ७ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरुको प्रश्नोत्तर कार्यक्रम रहेकाे छ ।
आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साथै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्त प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।




प्रतिक्रिया