काठमाडौं, ७ साउन । नेकपा (एमाले) की नेतृ एवं प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साहले मधेशमा छिन–छिनमा बत्ति गएर त्यहाँको जनजीवन कष्टकर भएको बताएकी छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले गर्मी मौसमको बेलामा छिन–छिनमा बत्ति जाँदा त्यहाँका जनताहरु छट्पटाउने अवस्था बनेको बताएकी हुन् ।
‘लाईन छिन–छिनमा कटेको कारणले त्यहाँको जनताहरु छट्पटाउने स्थिति भएको छ । त्यहाँ जीवन विताउन पनि गाह्रो भएको छ । समस्या समाधान गर्नका लागि म सभामुखमार्फत ध्यानाकार्षण गराउन चाहन्छु,’– उनले भनिन् ।




प्रतिक्रिया