काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ७७ वटै जिल्लासँग सडक सञ्जाल जोडिएको बताएका छन् । आज (बुधबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भर्खरै कर्णाली प्रदेशको हुम्ला सदरमुकामसँग राष्ट्रिय सडक सञ्जालसँग जोडिइएको बताए ।
नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले राखेको प्रश्नको जवाफ दिँदै उनले सरकारले कृषि, उद्योग, पर्यटन, जलस्रोत, सूचना प्रविधिजस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखी ती क्षेत्रमा सरकारी तथा नीजी लगानी केन्द्रीत गरेको बताए ।
प्रधानमन्त्री ओलीले कर्णालीजस्तो दुर्गमस्थानको आर्थिक, सामाजिक र मानवीय विकासलाई लक्षित गरी स्थानीय सडक पूर्वाधार कार्यक्रम, वैकल्पिक सहायक राजमार्ग कार्यक्रम, स्थानीय स्तरका सडक, पुल तथा सामुदायिक वन सुधार परियोजना, झोलुङ्गे पुल तथा तुइन विस्थापन जस्ता कार्यक्रमहरु सञ्चालन भइरहेको बताए ।




प्रतिक्रिया