स्वास्थ्य मन्त्रालयलाई हर्क साम्पाङको पत्रः कुनचाहिँ कुलङ्घारले बीपी अस्पताललाई जग्गा दिएछ, फिर्ता गरिदिनु


काठमाडौं, ७ साउन । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा बीपी अस्पताललाई दिइएकोमा फिर्ता गरेर सहयोग गरिदिन भनेका छन् । धरान उपमहानगरले आफ्नै नगर अस्पताल बनाउन चाहेको भन्दै उनले त्यो जग्गा फिर्ता मागेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै उनले भनेका छन्, ‘धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ। छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइँदैन । प्लिज फिर्ता गरिदिनु होला,’– उनले भनेका छन् ।