प्रचण्डले पार्टीमा कसैलाई कारबाही गरेको इतिहास छैन, ०८४ मा माओवादीले एकल बहुमत ल्याउँछ : मोदी (भिडिओसहित)


काठमाडौं, ८ साउन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले राजनीति सही ट्रयाकमा नहिँडेकोले देशले दुःख पाएको टिप्पणी गरेका छन् । उनले आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र छलफल र बहस हुँदा कसैलाई पनि कारबाही गरेको इतिहास नभएको स्मरण गराएका छन् ।

आज (बिहीबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको कार्यक्रम ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले पार्टीभित्र प्रचण्डले जनवादी केन्द्रियता लागु गरेको दाबी गरे । उनले पार्टीभित्र खुला रुपमा बहस तथा छलफल गर्न दिईएको जिकिर गरे ।

उनले प्रचण्डले क्रान्ति, शान्ति, संविधान र सुशासनको नेतृत्व गरेको सुनाए । मोदीले कांग्रेस–एमालेको सरकार बनेपछि मुलुक काण्ड नै काण्डले झेलिएको आरोप लगाए । उनले माओवादी केन्द्र अहिले सरकार बनाउने वा गिराउने खेलमा नलाग्ने बताए । उनले ०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याएर सरकार बनाउने दाबी गरे ।

उनले माओवादीप्रति अहिले उभार आएको जिकिर गरे । उनले माओवादी कुनैबेला पहिलो दल भएको इतिहास भएको पनि सुनाए । उनले आम जनताले एमाले र कांग्रेसभन्दा माओवादी हजार गुणा ठीक छ भनेर भन्न थालिसकेको स्पष्ट पारे ।