मधेशलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै किसानको समस्या समाधान हुँदैन, कार्ययोजनासहित जानुपर्छ : कार्की


काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता तथा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेरमात्रै मधेशका किसानको समस्या समाधान नहुने बताएका छन् ।

उनले मधेशका किसानको लागि सरकारले राहत दिने घोषणा गरेको उल्लेख गर्दै त्यसलाई कार्ययोजनाको साथ काम गर्न पनि सुझाव दिए । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले अविलम्ब राहत दिने कुरालाई कार्यान्वयनको लागि आग्रह गरेका छन् ।