काठमाडौं, ८ साउन । नेकपा (एमाले) का सांसद लिलानाथ श्रेष्ठले चुरे क्षेत्रको विनाशले गर्दा मधेश प्रदेशमा ठूलो संकट देखिएको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्नेमा बताएका छन् । उनले मधेशका किसानको लागि सिचाईं योजनाको लागि द्रुत गतिमा सरकारले काम गर्नुपर्नेमा जोड दिए ।
सुनकोशी–मरिन बाग्मती आयोजनाजस्तै सुनकोशी–कमला डाईभर्सनपनि आवश्यक रहेको श्रेष्ठले ओंल्याए । सिराहा र सप्तरीको किसानको लागि यो आयोजना आवश्यक रहेको र यो आयोजन अघि बढाउने आश्वासनसमेत प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको उनले स्मरण गराए ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सुनकोशी–कमला डाईभर्सन बनिसक्दा मधेशले अरु ६ वटा प्रदेशलाई पनि खाद्यान्न प्रदान गर्नसक्ने बताए । मधेशमा जलवायु परिवर्तनको असर अहिलेदेखि नै देखिनथालेको भन्दै खानेपानीको समस्या हल गर्नको लागि वैकिल्पक व्यवस्थाबारे सोच्नसमेत सुझाव दिएका छन् ।




प्रतिक्रिया