काठमाडौं, ८ साउन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले विगतका सरकारहरुले लिएका गलत नीति र वन अतिक्रमणलगायतका कारणले आज तराई/मधेशका जिल्ला सुख्खाग्रस्त, विपत संकटग्रस्त क्षेत्रमा परिणत भएको बताएका छन् ।
उनले अन्नदाता किसान अहिले त्राहिमाम भएको भन्दै अहिलेको समस्याको समाधानको लागि तत्काल पहल गर्न सरकारलाई सुझाव दिएका छन् । उनले तत्काल विद्युतीय सिचाईं र खानेपानीको व्यवस्था गर्न माग गरेका छन् । उनले चुरेको संरक्षण गर्नुपर्ने र वन फडानी रोक्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।
तराई/मधेशमा अहिले भैरहेको मरुभूमीकरण रोक्नुपर्ने यादवको भनाई छ । सरकारले वन फडानी गरेर भूमाफीयालाई जग्गा प्रदान गर्नेगरि कानून ल्याएको भन्दै उनले सरकारको आलोचना गरे ।




प्रतिक्रिया