झिनो अंकले बढ्यो शेयर बजार, कारोबार रकम भने उत्साहजनक


काठमाडौं, ८ साउन । साताको कारोबारको अन्तिम दिन आज शेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ४.४८ अङ्कले बढेर २ हजार ९ सय ८३ दशमलव ३६ को विन्दुमा रोकिएको छ ।

नेप्से झिनो अंकले बढे पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज कूल १८ अर्ब ४९ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज कारोबार भएका मध्ये १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनी शेयर मूल्यमा गिरावट आएको छ ।

आज बैंकिङ, फाइनान्स, माइक्रो फाइनान्स, निर्जीवन विमा, जीवन विमा, उत्पादन र अन्य समूहको सूचकमा गिरावट आएको छ ।

व्यापार, होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रो पावर, म्युचल फण्ड र लगानी क्षेत्रको सूचकहरु भने बढेको छ ।