काठमाडौं,९ साउन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति पौडेललाई भेट्न सभामुख घिमिरे जेनेभामा हुने कार्यक्रमको बारेमा जानकारी दिन गएको भनिएपनि संवैधानिक परिषद्सम्बन्धी विद्येयक पुनर्विचारका संसदमै फर्काएपछि चासो राख्दै आज शितलनिवास पुगेको बताईन्छ ।
सभामुख घिमिरे यही जुलाई २९ गतेदेखि ३१ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा हुने सभामुखहरुको विश्व सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाने भएका छन् । सो विषयमा राष्ट्रपति पौडेलसँग छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया