कांग्रेस पदाधिकारी बैठक जारी


काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक जारी छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा सरकारको एक वर्षको कामको समिक्षा, मन्त्रिपरिषद् पूनर्गठनको विषयमा छलफल हुनेछ ।

सरकारको एक वर्षको विषयमा गम्भीर समिक्षा हुनुपर्ने कांग्रेसकै नेताहरुको माग छ ।

शेखर कोइरालाले त सरकारको एक वर्ष असफल भएको भनेर सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् ।