काठमाडौं, ९ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस–एमालेको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाएका छ्न । उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लुट्नको लागि मात्रै बनेको गम्भीर आरोप लगाए । अब कांग्रेस र एमालेका इमानदार नेता तथा कार्यकर्ताहरुले सरकारको विकल्प खोज्नुपर्ने र आफ्नो क्षमता देखाउनुपर्ने सुझाए ।
उनले भने,‘यो सरकारले गरेको एउटा मात्रै पनि राम्रो काम मलाई देखाउनुहोस् त, यो सरकारले त आँफै भन्यो नि सरकार फेल छ । प्रधानमन्त्री कार्यालयबाट भएको कार्यसम्पादन मूल्यांकनमा यो सरकार फेल भएको छ । आर्थिक अवस्था डामाडोल छ । सबै सचांकक गलत छ । उहाँले मिथ्या प्रचार गरिरहनुभएको छ । हामीलाई अनुदान दिने कोही आएन । ऋण दिने कोही आएन । आयात र निर्यातको ठूलो असन्तुलन भएको छ । ऋणमात्रै बोकाईएको छ । ऋण घटाउने होईन, बढाउनेमात्रै काम गरेको छ ।’
हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अहिलेको सरकारले विकास गर्न नसकेको आरोप लगाए । मेहन्द्र राजमार्ग विगत ८ वर्षदेखि लथालिङ् भएको र अस्वभाविक रुपमा म्याद थपेर गलत काम गरिएको उनको आरोप छ ।




प्रतिक्रिया