सरकारले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गर्योः विनियता कठायत


काठमाडौं, ९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य बिनिता कठायतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको बताएकी छन् । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हु्न् । उनले सरकारले मानव तस्करीजस्तो जघन्य कुकृत्यलाई मौलाउन दिइरहेको पनि बताईन् ।

‘भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको यो सरकारले मानव तस्करीजस्तो जघन्य कुकृत्यलाई मौलाउन दिएको कलङ्क पनि भोग्दैछ,’– उनले भनिन् ।

साथै भिजिट भिसा प्रकरण छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग वा संसदीय समिति आफ्नो पार्टीको माग रहेको पनि उनले बताईन् । भिजिट भिसा प्रकरणमा अब मित्र राष्ट्रहरुको पनि चासो बढाएको उनको भनाइ छ ।

साथै, निजामती सेवा विधेयकको कुलिङ पिरियडमा एमालेले छेडखानी गरेको हुनसक्ने उनले बताईन् । एमालेले आफ्ना पार्टीप्रति बफादार व्यूरोक्रेटलाई संवैधानिक निकायमा भर्ती गर्नका लागि कुलिङ पिरियड राख्न हुँदैन भनिरहेको पनि उनले बताईन् । ‘यो देशका संवैधानिक निकायहरु बफादार ब्यूरोक्रेट भर्ति गर्ने थलो हो ? कम्तिमा दुई वर्ष कुलिङ पिरियड राखौं भन्दा नेकपा (एमाले) ले मात्रै राख्न पर्दैन भन्नुको कारण चाहिँ के रहेछ ?’ प्रश्न गर्दै उनले भनिन् ।